जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँपको बिरुवा

[addthis tool="addthis_inline_share_toolbox_db95"]
no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण ११ गते शनिवार ०८:०४

धानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार...

धानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

 

प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।

प्रकाशित मिति २०७५ फाल्गुण ११ गते शनिवार ०८:०४
प्रतिक्रिया दिनुहोस