related breaking

गत आर्थिक वर्षमा पर्वत ट्राफिकले उठायो ७५ लाख राजश्व

Breaking Banner News

२०८३ साउन ४ गते सोमबार ०८:३१

गत आर्थिक वर्षमा पर्वत ट्राफिकले उठायो ७५ लाख राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८२/०८३ मा ७५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईका अनुसार १२ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गरेका ८ हजार सवारी...

पर्वतको दोबिल्ला–फलेवास सडकमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरेपाठास्थित दोबिल्ला–फलेवास सडक खण्डमा शुक्रबार दिउँसो करिब २:३० बजे ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कुश्मा नगरपालिका–७...

वाम एकताले रोकिनुहुन्न विशेष महाधिवेशन

वाम एकताले रोकिनुहुन्न विशेष महाधिवेशन
२०८२ कार्तिक १५ गते शुक्रबार ०७:३२

विदेशमा रहेका मतदाताले सम्बन्धित देशबाटै  मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ।  गृहको प्रस्तावमा आफूहरू सकारात्मक रहेको आयोगका अधिकारीहरू बताउँछन्। ‘सकारात्मक जवाफ नै पठाउँदै छौं,’ एक अधिकारी भन्छन्, ‘विदेशबाट मतदान गर्न पाउने कानुनी व्यवस्थामा आयोग सकारात्मक छ।’  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएको छ। उक्त मस्यौदाउपर आयोग छलफलमा छ।  गृह मन्त्रालयले संशोधनका लागि प्रस्ताव गरेका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन छन्।  यी ऐनहरूमा आवश्यक व्यवस्था राखेर विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाटै मतदान गर्न दिन लागिएको हो।  तर, कुन देशकाले पाउने कुन देशकाले नपाउने, यसका लागि खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सुरक्षाको विषयमा विस्तृत छलफल भएको छैन। गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘कानुनी व्यवस्था भएपछि अन्य विषय अगाडि बढ्छन्। आवश्यक तयारी गृहले अगाडि समेत बढाएको छ।’  गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजाल पनि निर्वाचन आयोगबाट मस्यौदाउपर जवाफ आएपछि थप छलफल गरेर हगाडि बढाइने बताउँछन्।  गृह मन्त्रालयका अनुसार कानुनी प्रबन्ध भएपछि विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ।

२०८२ कार्तिक १५ गते शुक्रबार ०७:१२