युवालाई उद्यमशिलतामा जोड्न आवश्यक ः उपसचिव भुवाजी

[addthis tool="addthis_inline_share_toolbox_db95"]
युवालाई उद्यमशिलतामा जोड्न आवश्यक ः उपसचिव भुवाजी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ११:५३

शान्ति सुबेदी सरकारले रोजगार स्थापन केन्द्र स्थानीय तहमा सञ्चालन गर्ने निणर्य गरेसगै युवा समितिको कार्यालय पर्वतले...

शान्ति सुबेदी

सरकारले रोजगार स्थापन केन्द्र स्थानीय तहमा सञ्चालन गर्ने निणर्य गरेसगै युवा समितिको कार्यालय पर्वतले कार्य सुरुवात गर्न थालेको छ । कुस्मामा आईतबार भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । युवा समितिको कार्यालयले यहाँ रहेर हाल सम्म युवाहरुमा आधारीत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेको राष्ट्रि««य युवा परिषद्का उपसचिव कर्ण बहादुर भुवाजीले बताए । उनले युवा तथा महिलाहरुलाई आत्मानिर्भर बनाउन कार्यालयल उद्यमशिलतामा जोड्न सिलाईकटाई तालिम,क्षमता बिकास तालिम अन्तर्गत लोपउन्मूख सिपहरु सञ्चालन गरिसकेको बताए ।

सरकारले  हाल कृषिको क्षेत्रमा ५ करोड ,महिला उद्यमशिलतामा १५ लाख रुपँया दिइरहेको भुवाजीले बताए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा समिति पर्वतका कार्यलय प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले युवा समितिले सञ्चालन गर्ने सवै कार्यक्रमहरु स्थानीय तहहरुलाई दिन उद्श्यले जिल्लाका प्रत्यक वडाहरुका युवा क्लव गठनको प्रक्रिया अनितम चरणमा पुगेको बताए ।

उनका अनुसार युवा कलव वडाध्यक्ष संरक्षक रहने गरि सञ्चालन गरेर युवाहरको माग र आवश्यकताका आधारमा कार्यक्रमहरु युवा समितिको मातहतले चलाउँने बताए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका अधिकाश सहभागिहरुले अनुदानमा प्राप्त भएका कार्यक्रमहरु प्राप्त गर्न निकै समस्या भोग्नुपरेको सुनाए । कार्यक्रममा सहभागि भएका महिला तथा युवाहरुले युवा समितिका कार्यक्रमहरु फलदायी रहेको हँदा यसलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने निति बनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ११:५३
प्रतिक्रिया दिनुहोस