पर्वतको जलजलामा डेढ सय कांग्रेस कार्यकर्ता नेकपामा प्रबेश,

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ४ गते मङ्गलबार ०२:३१

पर्वत –  पार्टी प्रबेश गराउने प्रतिष्पर्धा चलिरहेको बेला पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका डेढ सय कार्यकर्ता नेकपामा प्रबेश गरेका छन । नेपाली कांग्रेसको भातृसंस्था तरुण दलका जिल्ला नेता इन्द्र मल्लको नेतृत्वमा १...

पर्वत –  पार्टी प्रबेश गराउने प्रतिष्पर्धा चलिरहेको बेला पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका डेढ सय कार्यकर्ता नेकपामा प्रबेश गरेका छन । नेपाली कांग्रेसको भातृसंस्था तरुण दलका जिल्ला नेता इन्द्र मल्लको नेतृत्वमा १ सय ५० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।
पर्वतको जलजलामा सोमबार ‘जलजला अध्ययन प्रतिष्ठान’ (नेपाल कम्युनिस्ट पार्टी नेकपा जलजला) को भवन शिलान्यास र नेकपामा प्रबेश गर्नेहरुलाई नेकपाका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र प्रतिनिधीसभाका सदस्य पदम गिरीले प्रबेश गराएका छन ।

http://www.lokatantraonline.com/wp-content/uploads/2020/10/
नेकपा जलजलाले निर्माण गर्न थालेको जलजला अध्ययन प्रतिष्ठान भवनको शिलन्यास कार्यक्रममा बोल्दै नेकपा स्थायी समितिका सदस्य तथा मन्त्ती गुरुङ्गले देश समृद्ध हुनका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै गुरुङले भाषणको रटानले मात्रै देश समृद्ध नबन्ने बताए ।
सरकारले बनाएका योजनामा हरेक नागरिकको साथ आवश्यक पर्ने भन्दै गुरुङले कोभिड–१९ ले थला परेको अर्थतन्त्र उकास्ने उत्तम विकल्प सबै जनता उत्पादनसँग जोडिनु भएको बताए ।गुरुङले सबै पार्टिका नेता र कार्यकर्ताको एक सुत्रिय उद्देश्य उत्पादनसँग जोडिने चाहना हुनुपर्ने बताए ।

‘छिमेकी मुलुकलाई हेर्नुस् त्यहाँका नागरिक १८ बर्ष पूरा भएपछि आफैँ काम गर्ने पढ्ने गर्छ्न्, हामी ८० वर्षको हुँदासमेत छोराछोरीका लागि कमाइ दिने विषयमा सोचिरहेका छौं’ गुरुङले भने– ‘त्यहाँ उमेर पुगेपछि सरकारलाई कर तिर्छन् तबमात्रै त्यहाँको आर्थिक विकासले फड्को मारेको छ ।’ उनले बाबुआमाले छोराछोरीको खर्चको लागि पैसा दिनुपर्देन अवस्था रहँदासम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए । विकासउन्मुख राष्ट्रमा भ्रष्टाचार बढी हुनु दुर्भाग्य भएको भन्दै गुरुङले त्यसको नियन्त्रणका लागि सबैले आ–आफ्नो तर्फबाट लाग्नुपर्नेमा जोड दिए ।

https://i0.wp.com/newsdabali.com/wp-content/uploads/2020/10/
सरकारले बनाएका योजना जनताको जीवनस्तर उकास्ने गरि बजेट निर्माण गरेको उनको दाबी थियो । ‘नेपालका जनताले सबैभन्दा थोरै कर तिर्छन्’ उनले भने ‘जग्गा पास गर्दा कम मुल्य राखेर पास गर्ने बैंक स्टेटमेलट बनाउँदा बढी मुल्यांकन गरि सरकारलाई कर छली गर्ने प्रवृत्ति हामीमा छ ।’ गण्डकी प्रदेशले कोभिड–१९ नियन्त्रणमा गरेको क्रियाकलाप नेपालमै अगाडि रहेको उनको दाबी छ ।

https://i1.wp.com/newsdabali.com/wp-content/uploads/2020/10/
कार्यक्रममा बोल्दै नेकपा पर्वतका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले अबको विकल्प भनेको नेकपा भएको बताए । उनले जलजलामा संघीय र प्रदेश सरकारले बिनियोजन गरेर पठाएको बजेटलाई आफुँले काम गरेको भनेर झुठो प्रचारबाजी गर्ने तथा आफुँले ठेक्का नपाए सिफारिस समेत नदिने जनप्रतिनिधीका कारण कांग्रेस पार्टी रित्तिदै गएको आरोप लगाए । उनले नेकपाको सरकारका ठुला र महत्वकाँक्षी योजना जलजलामा कार्यान्वयनमा आएका कारण स्थानिय सरकार आत्तिएको पनि बताए ।

जलजला अध्ययन प्रतिठानका सचिव दुर्गा बहादुर दर्जीको सञ्चालन, नरबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भवन बनाउनका लागि निःशुल्क जग्गा दिने नन्दबहादुर हमाल, टीका हमाल र देवी प्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०७७ कार्तिक ४ गते मङ्गलबार ०२:३१
प्रतिक्रिया दिनुहोस