बाबुरामको टिप्पणी : बयलगाडेहरूको हातमा गणतन्त्र सुरक्षित छैन

बाबुरामको टिप्पणी : बयलगाडेहरूको हातमा गणतन्त्र सुरक्षित छैन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २ गते शुक्रबार ११:१४

  काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह भएको स्पष्ट पारेका छन् । उनले...

 

काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह भएको स्पष्ट पारेका छन् । उनले अरु धाई, सुसारे, पण्डा, नर्तकी, तमासे भएको पनि टिप्पणी गरेका छन् ।

उनले संविधान र गणतन्त्र गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा सुरक्षित नभएको पनि दाबी गरेका छन् । उनले भनेका छन्,‘अपांग शिशुको उपचार र रक्षा गरौं ।’ उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्;अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन्;२.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!”

 

संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्;अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन्;२.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!

— Baburam Bhattarai (@brb1954) September 18, 2020

प्रकाशित मिति २०७७ असोज २ गते शुक्रबार ११:१४
प्रतिक्रिया दिनुहोस