
बृहत ११औं गण्डकी स्तरीय महिला महोत्सव तथा रेडियो दिदिवहिनीको नवौं बार्षिकोत्सव कुश्मामा आयोजना हुने भएको छ । फाल्गुण १७ देखि २५ गते सम्म महोत्सव र्गन लागिएको धौलागिरि मिडियालाई जानाकारी दिएको हो ।संबिधान सभाका सदस्य तथा रेडियो दिदिवहिनीका अध्यक्ष कल्पना चापाँगाईले गत बर्ष झै यो बर्ष पनि अन्तराष्ट्रिय नारीदिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको बताउनु भयो ।

उहाले महिलाहरु चुलोचौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने मान्यताको अन्त्य गर्न यो महोत्सवलाई निरन्तरता दिएको बताउनु भयोे्,‘संविधानमा ३३ प्रतिशत महिला अधिकार उल्लेख भए पनि अझै महिला दिदिवहिनीहरुलाई चाहेर पनि समाजमा खुल्ने वातावरण सिर्जना नभएको भन्दै दुखासो पोखिनुभयो ।महोत्सवको अवसरमा ते्रसो दिदिवहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता सहित प्रथम दिदिवहिनी डान्स आईडल प्रतियोगिता,खुल्ला दौड प्रतियोगिता रत्यौली प्रतियोगिता,भनज,भाकी ¥याली लगायतका प्रतियोगिताको आयोजना गरिएको छ ।तेस्रो दिदिवहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको प्रतम पुरस्कार २ लाख,द्धितीय पुरस्कार १ लाख र तृतिय पुरस्कार ५० हजार राखिएको छ । महोत्सवले यो बर्ष पहिलो पटक आयोजना गरेको डान्स आईडलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश ५० हजार,३० हजार र २० हजार प्रदान गरिनेछ ।

यस्तै खुल्ला दौड प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश २५ हजार,१५ हजार र १० हजार प्रदान गरिने भएको छ । ¥याली तथा झाँकी प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश २० हजार,१५ हजार र १२ हजार प्रदान गरिने छ । यस्तै रत्यौली प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश क्रमश २५ हजार,१५ हजार र १० हजार प्रदान हुनेछ । भने,भजन प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय क्रमश १५ हजार,१० हजार र ७ हजार प्रदान हुने आयोजकले जनाएको छ । साथै,रक्तदान तथा सरसफाई कार्यक्रम,खसी,बोका,बाख्रा र कुखुरा तथा कृषि प्रर्दशनीको आर्कषणमा रहेका छन् ।महोत्सवमा १ सय ५० सम्मका स्टलहरु रहने भएका छन् ।
प्रकाशित मिति २०७५ पुस २५ गते बुधबार ०७:२१