
पुस २६, २०७५
त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरूले बिहीबारदेखी काम ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । गत ८ महिनादेखी तलब(स्टाइपेन्ड) नपाएको भन्दै उनिहरूले अनिश्चितकालिन हडताल शुरू गरेका हुन् । ‘भोकै पेट कहिलेसम्म काम गर्ने हो, अब तलब नपाएसम्म हाम्रो हडताल जारी रहन्छ,’ नेशनल रेसिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पांडेले भने। उनले स्वास्थ्य मन्त्रालयले रकम निकाशा नगर्दा आफू हरूले तलब पाउन नसकेको बताए।रेसिडेन्टहरूको मासिक स्टाईपेन्ड करिव ३४ हजार रूपैयाँ छ भने शिक्षण अस्पतालमा करिव १ सय ८० जना रेसिडेन्ट चिकित्सकहरू छन्।
प्रकाशित मिति २०७५ पुस २६ गते बिहिबार १०:५३