वर्ष २०१९का लागी जेशी मोहन आचर्यलाई छनौट

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ६ गते आईतबार ०६:०७

पर्वत जेसीजले वर्ष २०१९ का लागि नेतृत्व चयन गरेको छ । शनीबार भएको २३ औ पदास्थापना कार्यक्रमबाट आगानी नेतृत्व चयन गरेको हो । २०१८का अध्यक्ष राजन जोशीको कार्यकाल समापन पछि वर्ष २०१९का लागी जेशी मोहन आचर्यलाई छनौट गरीएको हो । आचार्यको...

पर्वत जेसीजले वर्ष २०१९ का लागि नेतृत्व चयन गरेको छ । शनीबार भएको २३ औ पदास्थापना कार्यक्रमबाट आगानी नेतृत्व चयन गरेको हो । २०१८का अध्यक्ष राजन जोशीको कार्यकाल समापन पछि वर्ष २०१९का लागी जेशी मोहन आचर्यलाई छनौट गरीएको हो । आचार्यको अध्यक्षतामा समीती चयन गरेको हो । जोसीजका केन्द्रीय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यतामा समीती चयन गरीएको हो ।

 

कार्यक्रममा वर्ष १०१८ मा भएका क्षेत्र ख सम्मेलन जस्ता महत्व पुर्ण कार्यक्रममा पर्वतेली सबै संघ संगठनहरुलाई धन्यवाद ज्ञापन गर्दै वर्ष २०१८का अध्यक्ष राजन जोशीले आचार्यलाई पदभार हस्तान्त्रण गनुभएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी महेश पौडेलले युवाहरुलाई नेतृत्व सँगै व्यक्तित्व र आय आर्जनमा सक्षम बनाउने अभियानमा जेसीज लागेको बताउनु भयो । अवसर विमुख युवाहरुलाई अवसर प्रदान गरेर जेसीजले क्षमता प्रर्बधनमा सघाउ पुगेको बताउनु भयो ।


यस्ता संस्थाहरुलाई सबै निकायको साथ र सहयोगको खाँचो रहेको कार्यक्रमका बक्ताहरुले बताएका हुन ।पदस्थापन कार्यक्रम लगतै भएको पुरस्कार बितरण कार्यक्रममा टेकनारायण–देउकुमारी कर्माचार्य उत्कृष्ट स्कारीका निमार्णको आधारमा कार्यक्रम संयोजक बसन्त कर्मार्चायले एरिया ‘बि’ का प्रकाशन संयोजक मन्जु शिलाकारलाई अर्वाड प्रदान गरेका थिए । तुलप्रसाद डम्मर कुमारी उत्कृष्ट पदाधिकारी अर्वाड संस्थापक जेसी बिषम कुमार श्रेष्ठले निवर्तान् अध्यक्ष राजन जोशीलाई प्रदान गरेका थिए ।

यस्तै,गंगाप्रसाद श्रेष्ठ उत्कृष्ट सहभागिता अर्वाड संस्थापक कृष्ण प्रसाद श्रेष्ठले जेसी हेमन्तबावु आचार्यलाई प्रदान गरेका थिए ।कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्मा,पत्रकार माहसंघका उपाध्यक्ष प्रनिश गिरी,संस्थापक अध्यक्ष बद्रि पौडेल,उषा चापाँगाई,विनोद शर्मा,रामु शर्मा लगायतले बोलेका थिए ।

प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०६:०७
प्रतिक्रिया दिनुहोस