जाजरकोटमा फेरि धक्का, १७५ भन्दा धेरै परकम्प

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० कार्तिक १८ गते शनिवार १२:३१

। जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय...

शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएक

केन्द्रका अनुसार यो धक्का शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको परकम्प हो । सो भूकम्पछि हालसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति २०८० कार्तिक १८ गते शनिवार १२:३१
प्रतिक्रिया दिनुहोस