हाजिर हुन पुगे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ चैत २० गते बिहिबार ०६:४५

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई...

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।

उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहिबार ०६:४५
प्रतिक्रिया दिनुहोस