इरानले इजरायलतर्फ हान्यो मिसाइल

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ असार १० गते मङ्गलबार ०२:५६

इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि इजरायली सेनाले साइरन बजाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको भने पनि इरानी अधिकारीहरूले खण्डन गरेका छन्। इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय...

  • इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि इजरायली सेनाले साइरन बजाएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको भने पनि इरानी अधिकारीहरूले खण्डन गरेका छन्।
  • इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय गरेको र नागरिकहरूलाई सुरक्षित रहन भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

इरानले इजरायली भूमितर्फ  मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो ।

इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

 

इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।

साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ ।

इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । ती मिसाइललाई आकासमै रोक्ने काम पनि भइरहेको सेनाले जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ ।

प्रकाशित मिति २०८२ असार १० गते मङ्गलबार ०२:५६
प्रतिक्रिया दिनुहोस