सहरी विकास मन्त्रालयवाट निर्माणधिन कुस्मा नगरपालिका वजार क्षेत्रभित्रको सडक विस्तारको काम के कति भयो भन्ने जानकारी लिनको लागि पर्वतका प्रमुख जिल्ला अधिकारी गरुदत्त ढकाल सहितको टोलीले अवलोकन सम्पन्न गरेको छ । आज विहान नेपाल कम्युनिष्ट पार्टि ने.क.पा. का युवा नेताहरु, पत्रकार सहितको टोलीले शिवालय चोक देखी मैत्रीचोक सम्म निर्माणधिन सडकको अवलोकन गरेको हो । करिव ७ करोडको लागतमा निर्माणधिन सडकको अवलोकन गर्दै प्रजिअ गुरुदत्त ढकालले डेढ दुई वर्ष भित्रमा सक्नुपर्ने सडक निर्माणको काम समयमै सक्नको लागि वातावरण सिर्जना होस भन्ने हेतुले अवलोकन गरेको वताउनुभयो ।

त्यस्तै ढकालले सडक निर्माणले वजार क्षेत्रमा प्रभाव पर्ने देखीएकोले निर्माण कार्यलाई शान्तिपुर्ण रुपमा रातिको समयमा पनि तिव्र रुपमा गर्नुपर्ने वातावरण मिलाउने उल्लेख गर्नुभयो । निर्माणाधिन सडकको निर्माण कार्य सडक विभागको मापदण्ड अनुसार भए नभएको समेत जानकारी लिनको लागि अवलोकन गरेको भन्दै मापदण्ड विपरित कार्य गरेको पाइएमा ठेकेदार कम्पनी लाई कडा भन्दा कडा कारवार्ही गर्नेमा प्रशासन पछाडि नहट्ने उहाँको भनाई छ । अवलोकनको क्रमका ने.क.पा. जिल्ला संयन्त्र सदस्य युवा नेता भक्त कुवँरले नेकपाको पहलमा सडक विस्तारले तिव्रता पाएको भन्दै कुस्मा वजार लाई नमुना सहरको रुपमा विकास गर्नको लागि अन्य पुर्वाधार निर्माणको लागि केन्द्र र प्रदेश सरकार संग पहल गर्ने बताउनुभयो । यसैगरी नेकपाका प्रखर युवा नेता शंकर गिरीले करिव डेढ वर्ष अगाडि वजार क्षेत्रमा उप्किएका, भत्किएका र खाल्डाखुल्टीहरु भएको ठाउँँहरुमा इनामेलले गोलो घेरा लगाएर सांकेतिक रुपमा आफ्नै नेतृत्वमा पुर्न्निर्माणको माग गरेको स्मरण गर्दै आज सडक पुनर्निमाणले गति लिएकोमा खुशि व्यक्त गर्नुभयो ।
प्रकाशित मिति २०७५ फाल्गुण १३ गते सोमबार ०१:४५