सरकारले महीला अधिकार शुनिश्चित नगरेको पर्वतका महिलाको गुनासो ।।

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण २४ गते शुक्रबार ०१:४५

पर्वतका महिलाहरुले वलत्कारी र हत्यार जोगाएर सरकारले महीला अधिकार शुनिश्चित नगरेको गुनासो गरेका छन । १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको ¥यालीपछिको अन्तरक्रियामा बोल्ने महिलाहरुले यस्तो बताएका हुन् । लैङ्गिक...

पर्वतका महिलाहरुले वलत्कारी र हत्यार जोगाएर सरकारले महीला अधिकार शुनिश्चित नगरेको गुनासो गरेका छन । १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको ¥यालीपछिको अन्तरक्रियामा बोल्ने महिलाहरुले यस्तो बताएका हुन् । लैङ्गिक समानताका लागि समान सोंच र समान ज्याला, यवहार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ कुश्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय कुश्मा पर्वतको आयोजनामा वृहत ¥याली र अन्तरक्रिया आयोजना गरिएको थियो ।

कुश्मा नगरपालिकाका १४ वटै वडाका महिला तथा आमा समुहकको सहभागितामा कार्यक्रम गरिएको हो । अन्तरक्रियामा बोल्नेहरुले पछिल्लो सरकार गठनपछि महीला हिँशा बढेको तथा बालिका बलत्कार जस्ता जघन्य अपराध बढदा समेत सरकारले वेवास्ता गरेको आरोप लगाएका छन ।सरकारले संसददेखी प्रदेश र स्थानीय तहमा महीला प्रतिनिधिको सहभागिता गराएपनि अधिकार पुर्ण रुपमा नदीएको अधिकारकर्मीहरुले गुनासो गरे।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ललितकला गुरुङले सरकारमा महिलाहरुको प्रतिनिधित्व गराए पनि संघिय सरकारले कानुनको व्यवस्था नगर्दा समस्या भैरहेको उल्लेख गर्नुभयो ।प्रदेश सरकार कानुन बनाउने चरणमा रहेको उल्लेख गर्दै संसद गुरुङले आगामी वर्ष देखी महीलाका घरआगन देखी सार्वजनीक रुपमा देखीएका समस्या समाधान हुने दावी गर्नुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी. पौडेलले ईतिहासमा महीला प्रमुख रहेको नेपालमा पछिल्ला वर्षहरुमा नारी बलत्कार र हत्याका हिँशा बढदै गएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो ।

कानुनको सही पालना नहुँदा र परिवारबाटै नारीहरुलाई हेलाको व्यवहार गरीनु पनि हिंसाको प्रमुख कारण रहेको उहाँको भनाई छ । कार्यक्रममा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शिव पौडेल, वडा न ४ का अध्यक्ष मिना कर्माचार्य, ५ का अध्यक्ष चित्रकला भारती र नगरमहिला संजालका पदाधिकारीहरुले पनि बोल्नुभएको थियो ।कुश्मा नगरपालिका महिला तथा बालबालिका उपशाखा का प्रमुख डिलकुमारि र्शमाको स्वागत तथा नगरपालिका का इन्जीनीयर मन्जु सिलाकारको सञ्चालन र उपप्रमुख सिता काफले लामीछानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०१:४५
प्रतिक्रिया दिनुहोस