पर्वतको कुश्मामा रहेको आदर्श अंग्रेजी आवसीय माविले तिसौँ बार्षिकोत्सव मनाएको छ । यसका साथै बिद्यालयमा अभिभावक दिवश र पुरस्कार बितरण गरिएको छ । बिद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै कुशमा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले समृद्धिको पहिलो खुड्किलो शिक्षा भएको भन्दै शिक्षाको बिकास विना समृद्धि सम्भव नरहेको बताउनुभयो । उहाँले नीजि र सामूदायिक बिद्यालयका बिचमा शिक्षामा प्रतिष्पर्धा हुन सके राम्रो हुने बताउनुभयो । यूवा पूस्ता पढेर पनि बेरोजगार बनि बिदेश जानुपरेको तितो यथार्थ उल्लेख गर्दै जोशीले शिक्षण संस्थाले शैक्षिक बेरोजगार नभई दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख सीता काफ्ले लामिछानेले आदर्श माविका साँच्चिकै आदर्श बिद्यालयको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले शिक्षालाई समाबेशी र सर्वसूलभ बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बिद्यालयले भर्चुअल लाईब्रेरीको आज उद्घाटन गरेको छ । बिद्यालयले विभिन्न बिधाका उत्कृष्ठ ९ सय बिद्यार्थीहरुलाई प्रमाणपत्र र ५ जना बिद्यार्थीलाई मेडल बितरण गरेको छ । कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्रीले बिद्यालयले स्मार्ट कक्षाको रुपमा पठनपाठन सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले बिद्यार्थीहरुको रुची र माग अनुसार बिद्यालयले टकिङ टिचर, पर्पल टर्टल सिस्टममा पठनपाठन गर्न थालेको जानकारी दिनुभयो । आफ्नो बिद्यालयले शिक्षकहरुलाई शिक्षकको रुपमा नभएर रिसर्च पर्सन रुपमा अपग्रेड गर्न लागेको पनि बताउनुभयो । अन्तराष्ट्रिय स्तरको शिक्षण बिधीले पठनपाठन सञ्चालन गरेको यो बिद्यालय जिल्लाकै सबैभन्दा बढि प्रविधिको प्रयोग गरि अध्यापन गराउने बिद्यालय रहेको क्षेत्रीले दाबी गर्नुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक कमल थापाले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७५ चैत ७ गते बिहिबार ०१:३९