
काठमाडौँ । लक्ष्मी बैंकले म्यासेजिङ प्लाटफर्म भाइबरमार्फत भाइबर बैंकिङ सेवा शुरू गरेको छ । भाइबरको ‘लक्ष्मी बैंक पब्लिक एकाउन्ट’ मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धि सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवा अन्तर्गत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्टलगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखा, बैंकका एटिएम कहाँ–कहाँ छन् भन्ने जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित मिति २०७४ पुस ११ गते मङ्गलबार ०५:४०