महिला महोत्सवको पूर्व सन्ध्यामा ४० जनाले गरे रक्तदान

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ माघ २९ गते बुधबार ०६:३८

पर्वत : रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा फागुन १ गतेबाट सुरु हुन लागेको ११ औँ प्रदेश स्तरीय महिला महोत्सवको पूर्व सन्ध्यामा आज गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । महोत्सव गर्न लागिएको जुकेधारा खेल...

पर्वत : रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा फागुन १ गतेबाट सुरु हुन लागेको ११ औँ प्रदेश स्तरीय महिला महोत्सवको पूर्व सन्ध्यामा आज गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
महोत्सव गर्न लागिएको जुकेधारा खेल मैदानमै आयोजना गरिएको रक्तदानमा पर्वत, म्याग्दी र बागलुङ लगायतका अन्य जिल्लाका व्यक्तिहरुले पनि रक्तदान गर्नुभएको छ । रक्तदान कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल रामकृष्णले महिलाहरुको व्यवस्थापनमा मात्र संचालित रेडियोले गर्दै आएका बिभिन्न कार्यक्रमहरुले समाजमा फाईदा पु¥याएको भन्दै यात्रालाई निरन्तरता दिन अनुरोध गर्दै महोत्सवलाई सफल पार्नको लागि जलजला गाउँपालिकाले पूर्ण रुपमा सहयोग र सहकार्य गर्ने बताउनुभयो ।
रेडियोकी अध्यक्ष कल्पना चापागाईँको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संचालन रेडियोकी कायर्मक्रम संयोजक दुर्गा शर्माले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडिक्रस सोसाईटी कास्की  र पर्वत शाखाले पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति २०७६ माघ २९ गते बुधबार ०६:३८
प्रतिक्रिया दिनुहोस