महायज्ञमा गएकी किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ५ गते सोमबार ०२:५९

 रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।बलात्कारमा...

 रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुर्‍याइ तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार ०२:५९
प्रतिक्रिया दिनुहोस