मुलकको ७५३ वटै स्थानिय तहमा घरेलु संघ गठन गरिने

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ फाल्गुण १३ गते आईतबार ०५:२३

इकोनोमिक खबर डटकम काठमाडौं । परिवर्तित राजनैतिक संघारलाई ध्यानमा दिदै मुलुकको ७५३ वटै स्थानिय निकायमा घरेलु तथा साना उद्योग संघ गठन गर्ने तयारी भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद...

इकोनोमिक खबर डटकम
काठमाडौं । परिवर्तित राजनैतिक संघारलाई ध्यानमा दिदै मुलुकको ७५३ वटै स्थानिय निकायमा घरेलु तथा साना उद्योग संघ गठन गर्ने तयारी भइरहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सम्पूर्ण ७५३ वटा पालिकामा संघ गठन गर्ने बताउनुभयो । राजधानीमा आयोजित काठमाडौंको घरेलु तथा साना उद्योग संघको २२ औं साधानरण सभा तथा १५ औं महिलाहरुको भेटमा उहाँले संघ मुलुकभर गठन गर्ने घोषणा गर्नुभयो । ‘संघलाई पालिका तहमा लैजाने तयारी गरिरहेका छौं,’ उहाँले भन्नुभयो ‘त्यसको लागि संघको आवश्यक विधान संसोधन हुने क्रम अगाडी बढेको छ ।’ उहाँका आनुसार विभिन्न पालिका संघहरुले स्थानिय तहमै सक्रिय काम गर्ने र केन्द्रले आवश्यक नीति नियम बनाउने लगायका कार्य गर्नेछ ।
साधारण सभामा घरेलु तथा साना उद्योग विभागका कार्यकारी निर्देशक शत्रुधनप्रसाद पुडासैनीले महिला उद्यमीहरुको लागि सरकारले छुट्याएको बजेट कम भएको भन्दै बढाउन विभागले पहल गरिरहेको जानकारी दिनुभयो । ‘महिला उद्यमीलाई पाँच लाखसम्म दिइदै आएको सफ्ट लोन परिवर्तित समयअनुसार केही कम भएको महशुस गरेका छौं, उहाँले भन्नुभयो ‘त्यसलाई बढाउनको लागि अर्थमन्त्रालयसँग छलफल भइरहेको छं ।’
कार्यक्रममा काठमाडौं घरेलु तथा साना उद्योग संघका अध्यक्ष पदम कुमारी कार्कीले संघमार्फत कठमाडौंका घरेलु तथा साना उद्योगहरुलाई विभिन्न सहयोग पुगको बताउन्ुभयो । साथै उहाँले संघले विभिन्न कार्यक्रमहरु समेत गर्दै अघि बढेको जानकारी दिनुभयो । ‘हामीले विभिन्न महिला उत्थानका कार्यक्रमहरु सञ्चलान गरिरहेका छौं,’ उहाँले भन्नुभयो ‘कोषबाट आएका रकमहरुलाई विभिन्न पिछडिएका, सिमान्तकृत लगायतका महिलाको लागि शिपमूलक तालिम तथा क्षमता अभिवृद्धिको लागि खर्चिएका छौं ।’ महिला उद्यमहरुलाई आवश्यक सफ्ट लोनको लागि सिफारिस तथा पहल गर्ने काम समेत भइरहेको उहाँको भनाइ छ ।
साधानरण सभाको दोस्रो चरणको कार्यक्रममा स्थानिय संरचना अनुसार घरेलु तथा साना उद्योग संघ गठन गर्ने विधान संसोधनमाथि छलफल भएको संघका कोषध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७४ फाल्गुण १३ गते आईतबार ०५:२३
प्रतिक्रिया दिनुहोस