इकोनोमिक खबर डटकम
काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले सेयरधनीका लागि ६० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको छ ।

बोर्डले सो लघुवित्तलाई प्रदान गरेको हकप्रद अनुमति अनुसार सो लघुवित्तको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रहेकोमा त्यसको ६० प्रतिशतले हुन आउने २१ लाख ५९ हजार कित्ता हकप्रद सेयर निष्कासन हुने भएको छ ।
आरएसडीसीको हकप्रद निष्कासनको जम्मेवारी भने एनआइबीएल एस क्यापिटलले पाएको छ । आरएसडीसीको हकप्रद विक्री पश्चात् चुक्ता पुँजी ५७ करोड ५९ लाख नजिक पुग्नेछ ।
सो लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ३० लाख ६७ हजार रुपियाँ खुद नाफा कमाउँदै प्रतिसेयर आम्दानी आठ रुपियाँ ५४ पैसा पु¥याएको छ ।
प्रकाशित मिति २०७५ बैशाख २८ गते शुक्रबार ०४:४६