शिक्षण अस्पतालका ६ स्वास्थ्यकर्मीलाई संक्रमण, इमर्जेन्सी सेवा बन्द

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन २८ गते बुधबार ०३:०७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण...

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको हो । संक्रमित चिकित्सकमा लक्षण समेत छ ।

चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले भोलि बिहीबारबाट अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय भएको छ । ओपीडी सेवा भने सञ्चालन नै रहनेछ ।

प्रकाशित मिति २०७७ साउन २८ गते बुधबार ०३:०७
प्रतिक्रिया दिनुहोस