पर्वत । नेकपा पर्वत त्याग्नेहरुको संख्या दिनप्रत्येक दिन बढेको छ ।
नेपाली काँग्रेसले आफ्नो १४ औं महाधिवेशनलाई लक्षित गरी गरेको जागरण अभियानका क्रममा नेकपामा कृयाशिल र पार्टीकै स्थानीय तहको जिम्मेवारी सम्हालेका नेताहरु नेकामा प्रवेश गर्न थालेका हुन । महाशिला ४ पाखापानीमा नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाइ्र्र नेका पर्वतका पाटी सचिव अशोक उचाईले क्रियाशिल सदस्यता वितरण गरेका हुन् । त्यहाँ डेढ दर्जन नेता तथा कार्यकता नेकामा प्रवेश गरेको जनाइएको छ ।
नेकपामा पछिल्लो समय चुलिदै गएको विवाद र गुटको पक्षपोषणमा नै जनप्रतिनिधि लागेपछि नेकपाको भविष्य खतरामा रहेको भन्दै उनीहरु नेका प्रवेश गरेका हुन् । जसलाई सिंगो पार्टीको संरक्षणको लागि भोट दिएर जिताइयो आज उही एउटा झुण्डमा रमाएको छ ।
गुटको संरक्षणमा लागेको छ नवप्रवेशीहरुले भने । नेकपा विधि, विधान र पद्धती अनुसार चल्नुको सट्टा गुटमा चलेको र गुटको पक्षपोषणमा नेताहरु लागेको उनीहरुको गुनासो छ ।
प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०३:५६