कांग्रेस पर्वतका क्रियाशिल सदस्यहरु धमाधम नेकपामा प्रवेश गर्दै

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २१ गते आईतबार ०२:५४

नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन् । महाधिवेशनको संघारमा पार्टी संगठनका कामहरुमा कांग्रेस पार्टी ब्यस्त रहे पनि त्यस पार्टीका कार्यकर्ताहरु भने सत्तारुढ...

नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन् । महाधिवेशनको संघारमा पार्टी संगठनका कामहरुमा कांग्रेस पार्टी ब्यस्त रहे पनि त्यस पार्टीका कार्यकर्ताहरु भने सत्तारुढ दल नेकपामा प्रवेश गर्न थालेका हुन् ।विहिबार मात्रै जिल्लाको फलेवास नगरपालिकाका ३ शंकरपोखरीका कांग्रेस पाटीका सक्रिय युवा मदन अधिकारी सहितको टोली नेकपामा प्रवेश गरेको छ ।

पार्टी प्रवेश गर्ने युवाहरुलाई नेकपाका जिल्ला कमिटि अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले टिका तथा दोसल्ला लगाएर पार्टी प्रवेश गरेका छन् ।उक्त अवसरमा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, देवेन्द्र पाण्डे जिल्ला नेताहरु गोविन्द पहाडी, खुमप्रसाद शर्मा, युवा संघका केन्द्रिय सदस्य बिमल लामिछाने तथा युवा संघ पर्वतका अध्यक्ष थमनारायण शर्मा लगाएतका नेताहरु पार्टी प्रवेश गर्ने नवआगन्तुकलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति २०७७ भदौ २१ गते आईतबार ०२:५४
प्रतिक्रिया दिनुहोस