कसैको आँखा नलोभ्याएको बैंकर्स संघको उपाध्यक्ष पदनै खारेज, अब एक मात्र उपाध्यक्ष रहने

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ मङ्सिर १५ गते शुक्रबार ०३:५६

काठमाडौं । नेपाल बैंकर्स संघले एक उपाध्यक्ष पद खारेज गरेको छ। बिहीबार सम्पन्न साधारण सभाबाट दुई मध्ये एउटा उपाध्यक्ष पद हटाइएको हो। यो पनि हेर्नुहोस्- बैंकर्स संघको उपाध्यक्ष बन्न कसैले रुची देखाएनन्, अध्यक्षमा रत्नराज र ज्ञानेन्द्रमध्ये...

काठमाडौं । नेपाल बैंकर्स संघले एक उपाध्यक्ष पद खारेज गरेको छ। बिहीबार सम्पन्न साधारण सभाबाट दुई मध्ये एउटा उपाध्यक्ष पद हटाइएको हो।

सिभिल बैंकका तात्कालिन प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बैंक छाडेपछि एउटा उपाध्यक्ष पद खाली थियो। संघको बिधान अनुसार बिहीबारको साधारणले सभाले उक्त पद पूर्ति गर्ने पर्ने हुन्थ्यो। त्यस अनुरुप मंगलबारसम्म उम्मेद्वारीको म्याद थियो। तर, कसैले पनि दावेदारी प्रस्तुत गरेका थिएनन।
बिहीबार साधारणसभामा नै सर्वसम्मतिबाट उपाध्यक्ष चयन गर्ने बैंकरहरुले बताउँदै आएका थिए। तर, सभाले संस्थाका लागि एउटै उपाध्यक्ष काफी हुने निर्णय गर्दै पद नै खारेज गरिदियो। अब संघको उपाध्यक्षमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ढुङ्गाना मात्र रहनेछन्।
प्रकाशित मिति २०७४ मङ्सिर १५ गते शुक्रबार ०३:५६
प्रतिक्रिया दिनुहोस