पूर्वमाओवादी नेताको चेतावनी: ‘ओलीको दम्भ र अहंकारले सीमा नाघ्यो, प्रचण्ड-नेपाल एकजुट भई लड्नुपर्छ’

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार ०६:४२

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको मनपरीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ। पार्टीको एकता र सहमतिविपरीत ओलीले एकपछि अर्को कदम चालेपछि पूर्वमाओवादी समूह आक्रोशित बनेको हो। कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको...

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको मनपरीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ। पार्टीको एकता र सहमतिविपरीत ओलीले एकपछि अर्को कदम चालेपछि पूर्वमाओवादी समूह आक्रोशित बनेको हो।

कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र एकलौटी रुपमा केन्द्र आफ्नालाई मात्र राखेर मन्त्रिपरिषद पुनर्गठनमा पूर्वमाओवादी समूह आक्रोशित बनेको हो।

पूर्वमाओवादी नेता एवं नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारको उपज भएको भन्दै आक्रोश पोखेका छन्। उनले अब ओलीविरुद्ध सबै मिलेर लड्नुको विकल्प नभएको बताए। ‘ओलीले बारम्बार सीमा नाघिरहेका छन्। पार्टी एकता विपरीत एकपछि अर्को गतिविधि गरिरहेका छन्,’ उनले भने, ‘अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले ठोस योजना ल्याएर ओली प्रवृत्तिविरुद्ध एकजुट भएर लड्नुको विकल्प छैन।’

https://nepalpana.com/users_upload/

उनले प्रधानमन्त्री ओली सच्चिने कुनै छाँटकाँट नभएको पनि बताए। कुनै पनि व्यक्ति भित्रैदेखि महसुस नभए कहिल्यै नसच्चिने बताउँदै यादवले भने, ‘हाम्रो गाउँघरतिर एउटा भनाइ छ, मान्छेको कुनै कमीकमजोरी छ भने त्यो सच्चिन सक्छ, यदि प्रवृत्ति नै त्यस्तै हो भने सच्चिन निक्कै कठिन हुन्छ। आफू भित्रैदेखि सच्चिनु पर्छ। मेरो गल्ती भयो भनेपछि न सच्चिने हो। त्यो ओली कमरेडलाई सच्चिनु पर्छ भन्ने कहिलै लाग्दैन।’

प्रधानमन्त्री ओलीलाई संसारकै सबैभन्दा जान्नेसुन्ने आफैंमात्रै छु भन्ने दम्भ र घमण्ड भएको बताउँदै यादवले थपे, ‘पार्टीमा ओली प्रवृत्तिविरुद्ध एकजुट भई नलडेसम्म सच्याउन सकिँदैन।’
विवाद समाधान कार्यदलले दिएको सुझाव अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि प्रधानमन्त्रीको अहंकारले एकलौटी रुपमा पुनर्गठन गरिएको यादवको आरोप छ। मन्त्रिपरिषद पुनर्गठन पार्टी स्थायी कमिटी र सचिवालय बैठकको निर्णयबमोजिम गर्ने भनिए पनि प्रधानमन्त्रीले त्यसलाई पूरै लत्याएको यादवको भनाई छ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ०६:४२
प्रतिक्रिया दिनुहोस