ओलीले सहमति उल्लंघन गर्न थालेपछि प्रतिकारमा उत्रिए प्रचण्ड, यी नेताहरुले दिँदैछन् साथ !

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार ०६:४६

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटलाई ब्युताएका छन्। पार्टीभित्र सहमति र एकताविपरीत प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले मनपरी र षडयन्त्र रच्न थालेपछि प्रचण्ड काउन्टरमा उत्रिएका हुन्। पार्टी...

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटलाई ब्युताएका छन्। पार्टीभित्र सहमति र एकताविपरीत प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले मनपरी र षडयन्त्र रच्न थालेपछि प्रचण्ड काउन्टरमा उत्रिएका हुन्।

पार्टी एकता र भावना विपरीत ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि प्रचण्डले गुट ब्युताएका छन्। उनले ओलीविना दुई गुट बैठक खुमलटारमा राखिसकेका छन्। कर्णाली काण्डपछि प्रचण्ड गुट भेला बोलाउन बाध्य भएका हुन्।

https://nepalpana.com/users_upload/

उनलाई माधव नेपालले पनि गुट बैठक बोलाउन दबाब बढाएका थिए। गुट भेलापछि कर्णालीमा देखिएको विवाद हाललाई साम्य भएको छ। मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा उत्रिएका माधव नेपाल समूहका सांसद पछि हटेका छन्। केन्द्रमा फेरि प्रचण्ड र माधव नेपाल एक भएका छन् भने प्रदेशमा ओलीको योजना असफल भयो।

पछिल्लो भेलामा माधवकुमार नेपाल र प्रचण्डका प्रभावशाली नेताहरू उपस्थित भइरहेका छन्। माधव नेपाल, रामबहादुर थापा बादल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत भेलामा सहभागी हुँदै आएका छन्। आज पनि गुट भेला भएर कर्णालीमा देखिएको विवादबारे छलफल भएको छ। कर्णालीमा ओली पक्ष पछि हटेको छैन। प्रचण्ड र माधव समूह मिलेर ओलीको बहुमतको खेललाई मात्र परास्त गरेका हुन्।

ओली पक्षलाई पछि हट्न बाध्य पार्न आजको गुट भेलाले थप रणनीति बनाएको बुझिएको छ। नेता नेपाल पनि कर्णाली विवादमा सक्रिय भएर लागेका छन्।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार ०६:४६
प्रतिक्रिया दिनुहोस