पर्वतको मुडिकुवाका पहिरो पीडितलाइ जापानमा रहेका प्रवासी युवाहरुद्धारा आर्थिक सहयोग

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३ गते सोमबार १२:३६

  पर्वत ः रोजगारीका लागि जापान पुगेका युवाहरुले पर्वतको मुडिकुवाका पहिलो पिडितलाई आर्थिक सहयोग गरेका छन् । गएको भदौ २८ गते राती अविरल बर्षासँगै आएको बाढिले बगाएर ज्यान गुमाएकी निजिकता विकको परिवार र घर गोठमा भौतिक क्षति भएका...

 

पर्वत ः रोजगारीका लागि जापान पुगेका युवाहरुले पर्वतको मुडिकुवाका पहिलो पिडितलाई आर्थिक सहयोग गरेका छन् ।
गएको भदौ २८ गते राती अविरल बर्षासँगै आएको बाढिले बगाएर ज्यान गुमाएकी निजिकता विकको परिवार र घर गोठमा भौतिक क्षति भएका फलेवास नगरपालिका ४ मुडिकुवाका पीडितलाइ आर्थिक सहयोग गरेका हुन् । फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलका छोरा विष्णु प्रसाद गौडेलको विषेश पहलामा पर्वत तथा बाग्लुङ घर भएका ३० जना युवाहरुले रकम संकलन गरि पठाएको रु.१ लाख ३३ हजार २ सय ३७ रुपैँया बाढी पहिरो पीडितलाइ सोमवार एक कार्यक्रमका बीच वितरण गरिएको छ ।

सहयोग हस्तान्तरणका अवसरमा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले वैदेशिक रोजगारीमा गएर पसिनासँंग साटेको रकम पीडितको पीडामा महल्म लगाउन सहयोग गरेको मा युवाहरुको प्रसंसा गर्नुभएको छ । उहाँले पछिल्लो समय मानिसहरुमा सहयोगी भावनामा कमी देखिएको भन्दै आफ्ना छिमेकीलाइ अफ्ट्यारो पर्दा पहिले छिमेकी नै पुग्नुपर्ने बताउनुभयो । बोल्दै शर्माले विज्ञान र प्रविधिले फड्को मार्दै गएपनि मानिसहरुको सोच परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले बस्ती बसाल्न हुुने र नहुने ठाउँको पहिचान गरिसकेकाले अब प्रक्रिया अघि बढ्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा मुडिकुवाका वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता टिकाराम गौडेलले संकलित रकमले विपन्नको हातमुख जोर्न सजिलो होस भनेर नगरपालिकाले संकलन गरेको क्षतिको आधारमा राहत वितरण गरिएको बताउनुभयो । राहत रकम घरवार र आफन्तहरु गुमाएका ६ जनाको परिवारलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

http://www.lokatantraonline.com/wp-content/uploads/2020/10/

स्थानीय जयनारायण भुसाल, इन्द्रजित विक, राम प्रसाद तिवारी, दुर्गा प्रसाद तिवारी, नविन विक र इन्द्र प्रसाद सापकोटालाइ रकम वितरण वितरण गरिएको थियो ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य देवेन्द्र पाण्डे, नेपाली कांग्रेस जिल्ला कार्यसमीति सदस्य देविप्रसाद विलासी, नेकपा वडा कमीटि संयोजक नरनाथ सापकोटा, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य लिलाधर गौडेल, राहत संकलन गर्ने युवा जगदीश रेग्मीका बुवा धनेश्वर रेग्मी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य लिलाधर गैडेलले गर्नुभएको थियो भने संचालन माटेदेवल जनसहयोगी प्राविधिक शिक्षालयका शिक्षक उपेन्द्र तिवारीले गर्नुभएको थियो ।

https://i2.wp.com/www.lokatantraonline.com/wp-content/uploads/2020/10/

सहयोगीहरुको नाम ः

विष्णु प्रसाद गौडेल मुडिकुवा, उत्तम गौडेल देविस्थान, राजु गौडेल देविस्थान, रमेश गौडेल देविस्थान, अर्जुन थापा शंकरपोखरी, गुरुप्रसाद सापकोटा मालिका,बाग्लुङ, इन्द्र प्रसाद तिवारी देविस्थान, नविन सापकोटा दमेक, कृष्ण प्रसाद गौडेल मुडिकुवा,कृष्ण मैनाली, सुवास गौडेल मुडिकुवा,जगदिश रेग्मी संगिता रेग्मी मुडिकुवा, पुणर्बहादुुर कार्की शंकरपोखरी, कृष्ण भुसाल देविस्थान, विकास गौडेल देविस्थान, अर्जुन लम्साल मुडिकुवा, चन्द्रप्रसाद सापकोटा बाग्लुङ, चन्द्रप्रसाद भुसाल देविस्थान, प्रताप घिमिरे मुडिकुवा, हिरा प्रसाद कडेल बाग्लुङ, अजय घिमिरे मुढिकुवा,समिरा नेपाल भक्तपुर,शिव सापकोटा बाग्लुङ, तारा भुसाल बिहु बाग्लुङ, रमेश भुसाल देविस्थान,चन्द्र प्रसाद सापकोटा बाग्लुङ,राजु गौतम गैडाकोट, रामु सापकोटा बाग्लुङ, इश्वर रेग्मी जलजला लेखफाँट, सुमन भुसाल,सोनु पाङराङ रहनुभएको छ ।

प्रकाशित मिति २०७७ कार्तिक ३ गते सोमबार १२:३६
प्रतिक्रिया दिनुहोस