शपथ ग्रहणमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप : गाउँपालिकाका पार्टी सचिवको मृत्यु

शपथ ग्रहणमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप : गाउँपालिकाका पार्टी सचिवको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ७ गते शुक्रबार ०९:२४

पर्सा । पर्सामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका(५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो। गम्भीर...

पर्सा । पर्सामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका(५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।

प्रकाशित मिति २०७७ कार्तिक ७ गते शुक्रबार ०९:२४
प्रतिक्रिया दिनुहोस