सचिवालयले ‘सस्पेन्स’ राखेको प्रधानमन्त्रीको सम्बोधनमा यी कुरा अट्न सक्छन्

सचिवालयले ‘सस्पेन्स’ राखेको प्रधानमन्त्रीको सम्बोधनमा यी कुरा अट्न सक्छन्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ७ गते शुक्रबार १०:१५

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्दैछन। प्रधानमन्त्रीले आज अपराह्न चार बजेर २५ मिनेटबाट देशवासीको नाममा सम्बोधन गर्ने र उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रशारण गर्ने तय गरिएकाे छ। प्रधानमन्त्रीका...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्दैछन।

प्रधानमन्त्रीले आज अपराह्न चार बजेर २५ मिनेटबाट देशवासीको नाममा सम्बोधन गर्ने र उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रशारण गर्ने तय गरिएकाे छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत सचिवालय सदस्यले भने प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै कुरा खुलाउन चाहेका छैनन।

थापाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ‘सम्बोधनकाे क्रममै विषयवस्तु थाहा हुने’ भन्दै प्रधानमन्त्रीको सम्बोधनलाई ‘सस्पेन्स’ मै राखेका छन।

प्रधानमन्त्रीले आफ्नाे सम्बोधनलाई मुख्य गरी दसैंको शुभकामना र कोरोना महामारीमा केन्द्रित हुनेछ।

सावधानी अपनाउँदै दसैं मनाउँन आग्रह गर्नुका साथै कोरोना उपचारको शुल्क लिने निर्णयबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने अनुमान गरिएको छ।

यस्तै भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग हालै बालुवाटारमा भएकाे भेटवार्ता तथा पार्टीभित्रको अन्तरसंघर्षबारे पनि प्रधानमन्त्रीको सम्बोधनमा समेटिने विश्वास गरिएको छ।

प्रकाशित मिति २०७७ कार्तिक ७ गते शुक्रबार १०:१५
प्रतिक्रिया दिनुहोस