नेपाली सहयोगी हात द्धवार मेरुदण्ड पक्षघातबाट पीडित गिरीलाई आर्थिक सहयोग,

नेपाली सहयोगी हात द्धवार मेरुदण्ड पक्षघातबाट पीडित गिरीलाई आर्थिक सहयोग,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २६ गते बुधबार १२:५८

। पर्वत कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई नेपाली सहयोगी हातले आर्थिक सहयोग गरेका छन् बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई केहि आर्थिक तथा...

।

पर्वत
कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई नेपाली सहयोगी हातले आर्थिक सहयोग गरेका छन् बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई केहि आर्थिक तथा लत्ता कपडा , बच्चाको लागि कापि कलम र रु ७०५० (सात हजार पचास )रुपयाँ आर्थिक सहयोग गरेका हुन् । सकारात्मक परिवर्तनका लागि नेपालि सहयोगि हातको अभियान अन्तर्गत संकलन गरिएको रकम वडा नं दुईका वडा अध्यक्ष यदुनाथ बास्थोला नेपालि सहयोगि हातका संयोजक निखिलेस पुरी सोहि ग्रपका सल्लाहाकार तथा सिसेफ नेपालका अध्यक्ष बिष्णु पुरी , सदस्य बिनय पुरी लगायत को टिम घरमै पुगेर हस्तान्तरण गरेको हो ।

२०७२ साल चैतमा घर नजिकैको बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३६ वर्षीय गिरीको परिवार अहिले सहाराविहीन छ । गिरीले ज्यालामजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आउनुभएको थियो । बिगत ४ , ५ बर्षदेखि बिस्तारामा पीडित भएर लड्नुभएको खबर पायपछि केहि राहात भएपनि पुग्ने बताउदै आफुहरुले सहयोग गरेको संयोजक पुरीले बताउनु भएको छ ।

कमाउने ब्यक्ती नै बिस्तारामा ५ बर्षसम्म पल्टिँदा घरको स्थिति दयनीय बनेको छ ।उहाँको यस्तो दयनीय स्थिति बुझेर नेपाली सहयोगी हातहरुका संयोजक निखिलेस पुरि ,सिसेफ नेपालका अध्यक्ष तथा यसै संस्थाका सल्लाहकार बिष्णुराज पुरी ,सदस्य बिनय पुरी तथा यश वडाका अध्यक्ष यदुनाथ शर्माद्बारा रु ७०५० (सात हजार पचास ) बच्चाहरुको पठन पाठनको लागि कापी ,कलम तथा सम्पुर्ण परिवारको लागि आउँदै गरेको जाडोको लागि मध्यनजर गरेर लत्ताकपडा हस्तान्तरण गरिएको छ ।

.

 

साथै संस्थाका सल्लाहकार बिष्णुराज पुरिका छोराको जन्मदिनको अवसरमा उहाँले रु १००० बच्चाबच्चिलाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा घरमै गएर कोरोनाकोे माहामारीको बिचमा पनि घरमा नै गएर सामाजिक दुरी कायम गरी सहयोग गरेको मा वडा अध्यक्ष यदुनाथ बास्थोलोले सहयोगि हातको टिम लाई धन्यवाद ब्यक्त र्गनु भएको छ।गिरीको परिवारमा २ छोरी ,१ छोरा ,श्रीमती रहनु भएको संयोजक निखिलेस पुरिले धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ ,।

प्रकाशित मिति २०७७ कार्तिक २६ गते बुधबार १२:५८
प्रतिक्रिया दिनुहोस