कसैले रेखदेख गर्ने कोही छैन : मेरो सहारा छैन भन्नुपर्दैन, सरकार छ – प्रम ओली

कसैले रेखदेख गर्ने कोही छैन : मेरो सहारा छैन भन्नुपर्दैन, सरकार छ – प्रम ओली

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर ११ गते बिहिबार ०३:१४

। प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नागरिकले पनि आँफुलाई अनाथ सम्झिन नपर्ने र रेखदेखका लागि सरकार भएको बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसर पारेर एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दुस्खको...

। प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नागरिकले पनि आँफुलाई अनाथ सम्झिन नपर्ने र रेखदेखका लागि सरकार भएको बताएका छन् ।

सामाजिक सुरक्षा दिवसको अवसर पारेर एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दुस्खको कुरा भएको बताउँददै भनेका छन् अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।

सन्देशमा प्रम ओलीले देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने उल्लेख गरेका छन् । उनले भनेका छन् समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् ।

पछिल्ला दिनमा कोरोना कहरकै कारण १३ सय भन्दा बढी मानिसको मृत्यु हुँदा र लाखौँ मानिसमा संक्रमण पुष्टि हुँदा धेरै नागरिकमा राज्य संचालकप्रति नैराश्यता पैदा भएको छ । कोरोना महामारीमा कोरोना नियन्त्रणमा राज्य लाचार देखिएको आरोप समेत लागिरहेको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर ११ गते बिहिबार ०३:१४
प्रतिक्रिया दिनुहोस