संसारभर कोरोना महामारी बढीरहँदा भारत सबैभन्दा मारमा पर्यो । अमेरिकापछि धेरै संक्रमण हुने भएको देश भारतमा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको वल्डोमिर्टसले जनाएको छ । वल्डोमिर्टसका अनुसार भारतमा कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।

पछिल्ला दिनमा भारतमा संक्रमित र मृत्यु दर समेत घट्दै गएको छ ।
डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएको वल्डोमिर्टसले जनाएको छ ।
त्यस्तै पाकिस्तानमा कोरोनाको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गर्नु भएको छ । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उहाँको आरोप छ । विपक्षी दलहरुकै कारण कोरोनाविरुद्धको लडाई प्रभावकारी हुन नसकेको, उनीहरुले नै अवरोध गरेको आरोप प्रधानमन्त्री खानले लगाउनुभएको छ ।
विपक्षी दलहरूले विभिन्न ठाउँमा जुलुश निकाल्न स्वीकृति नदिनु भएका प्रधानमन्त्री खानले उनीहरुप्रति अहिले असन्तुष्टि पोख्नुभएको हो । कोरोनाभाइरसको महामारी फैलिएका बेला जुलुश निकालेको भन्दै सरकारले बल प्रयोग गरेपछि प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीचमा झडपसमेत भएको थियो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले देशमा अहिले फेरी महामारी फैलिएका बेला उच्च सतर्कता अपनाउने र कोरोनाविरुद्ध लड्ने बेला भएपनि त्यसका विरुद्ध गतिविधि भइरहेको उल्लेख गर्नुभएको छ । पाकिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या आठ हजारभन्दा बढी पुगेको छ ।
त्यसैगरी पाकिस्तानमा अहिलेसम्म तीन लाख ९८ हजार २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारीका बेलामा कुनै पनि सहरमा राजनीतिक दलहरुलाई सरकार विरोधी जुलुश निकाल्न दिन नसकिने पनि प्रधानमन्त्री खानले स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री खानले कोरोनाभाइरसको महामारी डरलाग्दो तरिकाले फैलिदै गएकोले विपक्षी दलहरुले आफ्ना भिडभाड हुने गतिविधिहरु तत्काल रोक्नुपर्ने अडान राख्नु भएको छ । पाकिस्तानका ११ पार्टीहरुको गठबन्धनको रुपमा रहेको पाकिस्तान लोकतान्त्रीक आन्दोलन ९पिडीएम०ले गरेको प्रदर्शनको विपक्षमा प्रधानमन्त्री खान कठोर रुपमा उभिनु भएको छ ।
प्रकाशित मिति २०७७ मङ्सिर १६ गते मङ्गलबार ०२:३८