म्याग्दीको बरंजामा धान रोप्ने चटारो

म्याग्दीको बरंजामा धान रोप्ने चटारो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ ११ गते मङ्गलबार ०८:३५

११ जेठ–कोरोना कहरकै बीचमा म्याग्दीमा रोपाइँ सुरु भएको छ । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) ले रोपाइँ भने रोकिएको छैन । म्याग्दीको...

११ जेठ–कोरोना कहरकै बीचमा म्याग्दीमा रोपाइँ सुरु भएको छ । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) ले रोपाइँ भने रोकिएको छैन ।

म्याग्दीको मंगला गाउँपालिका ३,बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ । असार महिनामा जस्तै किसानलाई व्याडमा राखेको बीउ काढ्नमा ब्यस्त छन् । रोपाराले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ ।

जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरेका हुन् । आकाशे पानीको भर पर्नु नपर्ने यस क्षेत्रमा चैते धान समेत हुन्छ भने जिल्लाका अन्य ठाउँमा भन्दा अगाडी नै खेतमा धमाधम रोपाइँ हुने गरेको छ । हरेकवर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाइँ हुने गरेको छ । जिल्लाभर यो वर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाइँ हुने अनुमान गरिएको छ ।

कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । निषेधाज्ञा अवधिमा खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् ।

प्रकाशित मिति २०७८ जेठ ११ गते मङ्गलबार ०८:३५
प्रतिक्रिया दिनुहोस