कोरोनाविरुद्धको खोप लगाएका एकको मृत्यु

कोरोनाविरुद्धको खोप लगाएका एकको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार १ गते मङ्गलबार १०:५८

भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलोपटक एक जनाको मृत्यु भएको छ। भ्याक्सिनका कारण ६८ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो। भारत सरकारका तर्फबाट गठन गरिएको समितिको रिपोर्टमा उनको मृत्यु खोपका कारण भएको जनाइएको भारतीय अनलाइन आजतकले...

भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलोपटक एक जनाको मृत्यु भएको छ। भ्याक्सिनका कारण ६८ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो। भारत सरकारका तर्फबाट गठन गरिएको समितिको रिपोर्टमा उनको मृत्यु खोपका कारण भएको जनाइएको भारतीय अनलाइन आजतकले जनाएको छ। ति बृद्धले ८ मार्च २०२१ मा खोपको पहिलो मात्रा लागाएका थिए र केही दिनपछि उनको मृत्यु भएको थियो।

भ्याक्सिन लगाएपछि कुनै गम्भीर बिरामी या मृत्युलाई वैज्ञानिक भाषामा एडवर्स इवेन्ट फ्लोइङ्ग इम्यूनाइजेशन-एईएफआई) भनिन्छ। एइफआई जाँचका लागि भारतको केन्द्र सरकारले एक कमिटी गठन गरेको थियो।

उक्त कमिटीले भ्याक्सिन लगाएपछि ३१ जनाको मृत्युका कारणबारे अध्ययन गरेको थियो। त्यसक्रममा ६८ वर्षीय एक वृद्धको मृत्यु भ्याक्सिन लगाएपछि एनाफिल्यासिसका कारणले भएको रिपोर्टमा उल्लेख गरिएको दाबी भारतीय सञ्चारमाध्इमहरुले गरेका छन्। एनाफिल्यासिस एक प्रकारको एलर्जी रिएक्शन हो। एईएफआई समितिका प्रमुख डा एनके अरोडाले इन्डिया टुडेसँगको कुराकानीमा वृद्धको मृत्युको पुष्टि गरे।

प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार १०:५८
प्रतिक्रिया दिनुहोस