ब्रतबन्धको खर्च कटाएर बिद्यालयलाई सहयोग, अक्षयकोषबाट निजी स्रोतमा शिक्षक राख्ने तयारी

ब्रतबन्धको खर्च कटाएर बिद्यालयलाई सहयोग, अक्षयकोषबाट निजी स्रोतमा शिक्षक राख्ने तयारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार ३१ गते बिहिबार ०२:२४

कोभिड १९ को तेस्रो लहर आउने आशंकाका बिचमा पनि बिबाह, ब्रतबन्ध भैरहेका छन । कोभिडको संक्रमण बढ्ने यस्ता कार्यक्रममा धेरै इष्टमित्र, आफन्तजन र शुभचिन्तक जम्मा हुन गाह्रो छ । कोभिडको त्रास र बिबाह, ब्रतबन्धमा हुने फजुल खर्चलाई समेत...

कोभिड १९ को तेस्रो लहर आउने आशंकाका बिचमा पनि बिबाह, ब्रतबन्ध भैरहेका छन ।
कोभिडको संक्रमण बढ्ने यस्ता कार्यक्रममा धेरै इष्टमित्र, आफन्तजन र शुभचिन्तक जम्मा हुन गाह्रो छ । कोभिडको त्रास र बिबाह, ब्रतबन्धमा हुने फजुल खर्चलाई समेत क मगर्न आजभोली खर्च बचाएर सामाजिक काममा लगाउने चलन बढेको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङको एक परिवारले आफ्ना छोराको ब्रतबन्धमा हुने फजुल खर्च कटाएर बिद्यालयलाई सहयोग गरेको छ। पाङ ज्योतिषथर निवासी रामचन्द्र रिजाललले छोरा वशुनन्दनको व्रतबन्धको खर्च कटाएर स्थानिय पाङ धैरेनी माबिलाई ५० हजार १ सय आर्थिक सहयोग गर्नुभएको हो ।
गाउँघरमा सबै बालबालिकाहरु निजी बिद्यालयमा जान नसक्ने र सामुदायिक बिद्यालयमा शैक्षिक सुधार नगरे सम्म बिद्यालय शिक्षा राम्रो नहुने भएकाले ब्रतबन्धको फजुल खर्च कटाएर बिद्यालयलाई सहयोग गरेको बशुनन्दनका ठुलो बुवा पदपमाणी रिजालले बताउनुभयो । बशुनन्दनका बुवा रामचन्द्र पोर्चुगलमा कार्यरत हुनुहुन्छ । ‘पाङधैरेनी माबिमा अहिले शैक्षिक र भौतिक सुधारका लागि धेरै राम्रा प्रयासहरु भैरहेका छन।’ पदमपाणीले भन्नुभयो ‘गाउँका बाबुनानीले गुणस्तरीय शिक्षा पाउन सकुन भनेर ब्रतबन्धको फजुलखर्च कटाएर अक्षयकोष बनाउन सहयोग गरेका हौ।’ कोभिडको समय भएकाले इष्टमित्र, आफन्तजन बोलाउने र भोजभतेर लगाउने संभावना पनि नभएको अबस्थामा खर्च कटाएर बिद्यार्थीको शैक्षिक सुधारका लागि सहयोग गर्न पाएको खुसी लागेको बताउँदै रिजालले बिद्यालयमा भैरहेको सुधारका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति २०७८ असार ३१ गते बिहिबार ०२:२४
प्रतिक्रिया दिनुहोस