दोविल्ला पहिरोमा वेपत्ता २ जना मध्ये १ जनाको शव फेला

दोविल्ला पहिरोमा वेपत्ता २ जना मध्ये १ जनाको शव फेला

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन ११ गते सोमबार ०१:५४

जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्लामा ३ साता अघि गएको पहिरोका कारण २ जना वेपत्ता भएका थिए । पहिरोले गाडी सहित मानिस बगाएको थियो । गाडी सहित वेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी...

जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्लामा ३ साता अघि गएको पहिरोका कारण २ जना वेपत्ता भएका थिए । पहिरोले गाडी सहित मानिस बगाएको थियो । गाडी सहित वेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।पहिरोमा परी मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत इन्जिनियर र उनका सवारी चालक गरी २ जना वेपत्ता भएका थिए ।

रातको समयमा मध्यपहाडी लोकमार्गबाटै उनीहरुलाई पहिरोले गाडी सहित बगाएको थियो ।

दोविल्लाको सुन्दरे खोलामा आएको पहिरो र बाढिले बगाएका उनीहरु सोहि दिन देखि वेपत्ता छन् । वेपत्ता मध्ये चालक इन्द्र थारुको शव फेला परेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले पुष्टि गरेका छन् । सुन्दरे खोलाको पहिरोले बगाएको गाडी पहिरो स्थल भन्दा झण्डै १ किलोमिटर पर मोदी खोलामा फेला परेको थियो ।
वेपत्ता मध्ये चालक थारुको शव भने कालीगण्डकी नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता थारुको शव चितवनमा फेला परेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए । नदी छेउमा भेटिएको शव थारुकै भएको पुष्टि भईसकेको बुढाथोकीको भनाई छ । वेपत्ता मध्ये इन्जिनियर राजाराम आचार्यको अवस्था भने अझै पनि अज्ञात रहेको छ । पहिरोले खोला छेउमा रहेका ३ वटा अस्थायी पसलहरु पनि बगाएको थियो ।

प्रकाशित मिति २०७८ साउन ११ गते सोमबार ०१:५४
प्रतिक्रिया दिनुहोस