सरकार संसद्सँग डराउनुपर्छ : गगन थापा

सरकार संसद्सँग डराउनुपर्छ : गगन थापा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १२ गते मङ्गलबार ०९:४८

नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकार संसदसँग डराउनु पर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद् सरकारबाट नभइ सरकार संसद्बाट डराउनुपर्ने बताएका हुन्। सांसद् थापाले नयाँ सरकारलाई पहिलाको सरकारलाई जस्तो...

नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकार संसदसँग डराउनु पर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद् सरकारबाट नभइ सरकार संसद्बाट डराउनुपर्ने बताएका हुन्।

सांसद् थापाले नयाँ सरकारलाई पहिलाको सरकारलाई जस्तो संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञान नमान्ने, आसेपासे पोस्ने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने जस्ता अपराध गर्ने छुट नभएको बताए।

परीक्षा प्रधानमन्त्रीको मात्र नभएको सभामुखको पनि भएको बताउँदै थापाले संविधानको धाराले प्रतिनिधिसभा र सांसदको अधिकारले सरकार पुनःस्थापित भएको स्पष्ट पारे।

प्रकाशित मिति २०७८ साउन १२ गते मङ्गलबार ०९:४८
प्रतिक्रिया दिनुहोस