२२ सांसदसँग छलफल गर्दै माधव नेपाल

२२ सांसदसँग छलफल गर्दै माधव नेपाल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १३ गते बुधबार ०७:११

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन्। उनले बुधबार दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले...

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन्। उनले बुधबार दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए।

सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बैठक बोलाउनु भएको उनले बताए। स्थायी समितिले गरेको निर्णयको बारेमा पनि छलफल हुने बताइएको छ।

माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ। गठबन्धनको बुधबार बिहान बसेको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ। गठबन्धनको बैठकमा नेपाल आफू उपस्थित नभए पनि डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिको रूपमा पठाएका थिए।

प्रकाशित मिति २०७८ साउन १३ गते बुधबार ०७:११
प्रतिक्रिया दिनुहोस