१ माघ,।मकवानपुरका सांसद बिरोध खतिवडासँग संसदीय व्यवस्थाको लामो अनुभव छ । प्रजातन्त्र स्थापनापछिको पहिलो संसदमा उनको सक्रियता निकै प्रशंसनीय थियो ।
उनको नाम अनुसार नै संसदमा प्रस्तुति हुने गर्थ्यो । ३६ महिना लगातार कांग्रेसले सरकार चलाउँदा बिरोध खतिवडाको बिरोध संसदमा सुन्न लायक हुन्थ्यो । उनै खतिवडा अहिले भने केही मत्थर छन् । त्यतिबेलाको परिस्थिति अहिले नरहेको र कतिपय अवस्थामा उतिबेला केहि गल्ति गरेको महसुस पनि उनी गर्छन् ।













