पर्वतको फलेवास नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्था लि.पर्वतले फलेवास नगरपालिकाको वडा नं. २ र ३ को मल्याङदी खोला क्षेत्रमा भैसी पालन पकेट क्षेत्र सञ्चालन भएको छ । मल्याङदी खोला भैसी पालन समुहमा १७० वटा भैसी पालन गरी दुध उत्पादन पकेट क्षेत्र विकास हुंदै गएको छ ।
किसानलाई भैँसीपालनका लागि नगरपालिका र सहकारीले सहयोग गरेका छन् । यस कार्यक्रमको उदेश्य, किसानहरुको माग तथा अनुभव र नगरको लगानीको बारेमा वडा नं. ३ को सिसाठाँटीमा सार्वजनिक सुनुवाई गरिएको छ ।
नगर प्रमुख पदमपाणी शर्मा, सहकारीका अध्यक्ष देवीप्रसाद तिमिल्सिना, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्य, वडाध्यक्षहरु अर्जुन वहादुर कार्कि, मन वहादुर कुंवर, गंगानारायण श्रेष्ठ, नगर सभा सदस्य गंगा प्रसाद सुवेदी, सहकारीका उपाध्यक्ष कृष्ण प्र. तिवारी, सचिव रमेश प्र. रिजाल, कोषाध्यक्ष शारदा शर्मा, उपसचिव गोविन्द भुसाल, आर्थिक विकास शाखा प्रमुख टुकनाथ तिवारी, कृषि अधिकृत सन्तोष सुवेदी, प्राविधिक प्रताप पौडेल, नगर कार्यालयका कर्मचारी लकास सुवेदी, गोपी पोख्रेल, सुजन जि.सी, सहकारीका सदस्य भिम प्रसाद भुसाल, कृषि सञ्जालका सदस्य दुर्गा तिवारी, अगुवा कृषक शिव अधिकारी, समुहका अध्यक्ष हेम शर्मा लगायत कृषकहरु र सञ्चारकर्मी महेन्द्र जि.सि.को उपस्थितीमा सार्वजनिक सुनुवाई तथा अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रति कृषक ६३ हजारका दरले १८ लाख रुपैयाँ भैसी पालनका अनुदान वितरण गरिएको थियो । नगर प्रमुख पदमपाणी शर्माले दुध उत्पादन र तरकारी उत्पादनको हवको रुपमा विकास हुन सक्ने क्षेत्र भएको हुंदा कृषि तथा पशु अध्ययन केन्द्रको रुपमा विकास गर्दै आर्थिक उन्नतीमा लाग्न कृषकहरुलाई हौषला प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति २०७८ साउन २६ गते मङ्गलबार ०२:४२