अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन पर्वतको चित्रेमा हुने भएको छ । अन्तराष्ट्रिय पर्वत समाजले कात्तिक ४ गते अक्टोवर २१ तारिखका दिन मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकिय गाउँ चित्रेमा अधिवेशन गर्ने निर्णय गरेको हो । जुम मिटिङ्ग मार्फत बुधवार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको समाजले पर्वत जिल्लाको समृद्धी र विकासमा काम गदै आएको छ ।
दोस्रो अधिवेशन पैयुँ गाउँपालिका–४ हुवासमा सम्पन्न गरेको समाजले तेस्रो अधिवेशन चित्रेमा गर्न लागेको हो । चित्रेको पर्यटन प्रर्वद्धधन सँगै स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्ले तेस्रो अधिवेशन चित्रेमा आयोजना गरिएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्मा ‘गुँराश’ले जानकारी दिनुभयो । अधिवेशनमा अन्तरष्ट्रिय पर्वत समाजसँग आवद्ध संसारभर छरिएर हरेका पर्वतेहरुको उपस्थिती रहने छ । मोदीको विकास सँगै पर्यटकिय गाउँ चित्रेको पर्वद्धनका लागि अन्तराष्ट्रिय पर्वत समाजले बृहत भेला तथा अधिवेशन गर्न लागेको महासचिव शर्माले बताउनु भयो ।
समाजले कार्यक्रमलाई सफल र एतिहाँसिक बनाउन गृहकार्य थालेको छ । मोदी गाउँपालिका सँगै जिल्लाको समग्र विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले चित्रेमा अधिवेशन तोकिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । चित्रेवाट समाजले कुनकुन क्षेत्रमा लगानी गर्ने र संस्थाका भावी रण्नितिका विषयमा कार्ययोजना समेत तय हुने गिरीले बताउनु भयो ।
प्रकाशित मिति २०७८ साउन २६ गते मङ्गलबार ०२:४६