हिजो देखि बेपत्ता भएका तुलाचन मृत अवस्थामा भेटिए

हिजो देखि बेपत्ता भएका तुलाचन मृत अवस्थामा भेटिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन २९ गते शुक्रबार ११:५३

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले दिएको जानकारी अनुसार मृतक तुलाचन दबल्याङ स्थित गलुवा खोलाको पुछारमा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन्

कुश्मा बजार स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन बागलुङ नगरपालिका १० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले दिएको जानकारी अनुसार मृतक तुलाचन दबल्याङ स्थित गलुवा खोलाको पुछारमा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन्
। उक्त स्थान सह्रसधारबाट पारी पट्टिको हो । परिवार समेत आएको हुँदा मृतक व्यक्ति हिजो बिहान देखि हराइरहेका तुलाचनकै भएको पुष्टि बागलुङ प्रहरीले गरेको छ ।

तुलाचन आफैले लामो समयसम्म मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए । पछि चाहिँ होटेल अरूलाई नै भाडामा लगाएर फुर्सदिलो दिनहरू बिताइरहेका थिए । उनको स्वास्थ्य अवस्थामा केही समस्या रहेको थियो । उनी मधुमेह, उच्च रक्तचाप लगायतका रोगहरू सँग लडिरहेका थिए ।

बिहीबार (हिजो) बिहान घरबाट निस्केपछि घण्टौँ बित्दा समेत घरमा नफर्किएपछि परिवारले खोज कार्यमा तीव्रता दिएको थियो । प्रहरी कार्यालयमा उजुरी दिएर खोजी दिन आग्रह गरेपछि प्रहरीले खोजी अभियान सुरु गरेको थियो । प्रहरी, परिवार र स्थानीयबासीहरु समेतले दिनभर खोजतलास गर्दा समेत तुलाचनको स्थित बारे पहिचान हुन सकेको थिएन ।

प्रहरीले बताए अनुसार तुलाचनको मोबाइल लोकेसन चाहिँ कुश्मा नगरपालिका १ पाङमा देखाएको र केही समयपछि मोबाइल स्विच अफ भएको थियो । उनको आत्महत्याको खबरले परिवार स्तब्ध बनेको छ । उनका छिमेकी र आफन्तहरू समेत शोकमग्न बनेका छन् । सधैँ हँसिलो अनुहार लिएर हिँड्ने, कसैसँग पनि नराम्रो नबोल्ने मान्छेले आत्महत्या गरेको खबर पत्याउन धेरैलाई मुस्किल बनिरहेको छ ।

प्रकाशित मिति २०७८ साउन २९ गते शुक्रबार ११:५३
प्रतिक्रिया दिनुहोस