आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ भदौ २७ गते आईतबार ११:४९

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।

गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयरसदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
पर्वत सहित ललितपुर, रुकुमपश्चिम, गुल्मी र स्याङ्जा लगायतका १४ जिल्ला ‘ए ग्रेड’मा पर्न सफल भएका छन् । पर्वतमा आर्थिक बर्ष २०७७ ०७८ मा शम्भुप्रसाद रेग्मी देबी पाण्डे खत्रीले प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरेका छन । खत्री अहिले पनि पर्वतमा नै कार्यरत छन भने रेग्मीको गृह मन्त्रालयमा सरुवा भएको थियो ।

यसरी मापन गरिएका आधारमा झापा, अर्घाखाँची र रुकुम पूर्व सर्वोत्कृष्ट अङ्क हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् ।

त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुरलगायत १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको बताइएको छ ।

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ११:४९
प्रतिक्रिया दिनुहोस