-एन.पी.घायल
आकाशको ध्रुब तारा जुन तिम्रै लागि ।
धन सम्पति कमाएको सुन तिम्रै लागि ।।
मन मुटु मस्तिष्क र नशा मा छौ तिमि ।
घायलको थोपा थोपा खुन तिम्रै लागि ।।
जस्ले माया गर्थ्यो उस्लाई घाती बनायौ।
निर्मल मन भन्दा धन जाति बनायौ।।
न बल्नु न निभ्नु धप्प धप्प मेरो जीवन।
दियोमा तेल सकिएको बाती बनायौ।
छ म संग साँचि छ अतित सम्झनाको।
नजरै ले लगाएको मित सम्झनाको॥
यो ‘घायल’ मुटुमा फुटेनी ज्वालामुखी।
अहँ हट्दैन दिल वाट प्रित सम्झनाको॥
फूलाऊँछु यो जिन्दगी लाई डाली बन्छेऊ भने।
दिलाऊँछु म फक्री सुवास माली बन्छेऊ भने॥
पुङ्केशरमा कुमारत्व राख्छु कसम जोगाएर।
रस आस्वादन गर्ने मेरी काली बन्छेऊ भने॥
आजभोली ठूला गफ लाऊने भाकि रैछेऊ।
क्याफे डिस्को क्यासिनोमा धाऊने भाकि रैछेऊ॥
म त छक्क अचम्म छु तिम्रो चाला देख्दा।
के हो यस्तो कुमारीमै पाऊने भाकि रैछेऊ॥
ढाल्यौ वोट नै फूल्ने वेला हाँगोका के कुरा।
घुच्याएसी भिर वाट नै छाँगोका के कुरा॥
आज ‘घायल’ बनाएर छाड्यो तिम्रो स्पर्षले।
जवानीको रापै तापेऊ आगोका के कुरा॥
अझै सम्म धरोधर्म कन्ऩे छ यो एन.पि.घायल!
मेसो मिले अव कोहिको वन्ऩे छ यो एन.पि घायल॥
यस्तो हिरो अरु कोहिको वन्देला र पछुताऊती।
खोजे हुन्छ मेरै वन्ऩ धन्ऩे छ यो एन.पि. घायल ॥
जो भाग्यमै लेख्या हुन्नन उहि मनमा आउछन् ।
आउछन कोहि अनायासै जिवनमा आउछन्
यो मुटु र आर्यघाट उस्तै लाग्छ किन मलाई ।
जब तिम्रा निर्दयी याद स्पन्दनमा आउछन् ।।
– लिमिठाना चार पर्वत।
प्रकाशित मिति २०७५ माघ २ गते बुधबार १२:३४