घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ पुस ४ गते आईतबार ०३:४४

एलोभेरा अर्थात् घ्युकुमारी। एलोभेरालाई आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ। अचेल विभिन्न प्रकारका सौन्दर्य प्रशाधन सामग्रीमा एलोभेराको प्रयोग भएको हुन्छ। थोरै जग्गामा...

एलोभेरा अर्थात् घ्युकुमारी। एलोभेरालाई आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ। अचेल विभिन्न प्रकारका सौन्दर्य प्रशाधन सामग्रीमा एलोभेराको प्रयोग भएको हुन्छ।

थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ। यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरूलाई ठिक गर्न सहयोग गर्छ। एलोभेरामा सुन्दर र स्वस्थ हुने धेरै प्रकारका रहस्य लुकेका हुन्छन्। यसको प्रयोगले हाम्रो सम्पूर्ण शरीरमा नै परिवर्तन गर्छ। के के छन् एलोभेराका फाइदा–

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन्। यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरू पाउन सकिन्छ। यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ। यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ।

यसको काँडायुक्त पातहरूलाई काटेर रस निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ। यसले गर्मी पनि काट्छ। आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, रुखो छाला, घामले डढेको छाला, आँखाको कालो घेरा, अनुहारको दागधब्बा आदि समस्याहरू हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ । यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ। एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ। एलोभेरा छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ। लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ।

प्रकाशित मिति २०७८ पुस ४ गते आईतबार ०३:४४
प्रतिक्रिया दिनुहोस