२४ लाख खोप हराएकोबारे संसदमा जानकारी गराउन सरकारसँग माग

२४ लाख खोप हराएकोबारे संसदमा जानकारी गराउन सरकारसँग माग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ जेठ २९ गते आईतबार ०८:०७

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले...

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति २०७९ जेठ २९ गते आईतबार ०८:०७
प्रतिक्रिया दिनुहोस