पर्वतमा 3 कार्यालयद्वारा कार्यक्रमहरुको सार्वजनिकरण

पर्वतमा 3 कार्यालयद्वारा  कार्यक्रमहरुको सार्वजनिकरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ साउन २६ गते बिहिबार १२:२१

पर्वतको कुश्मामा ३ वटा कार्यालयहरुले आ.व.२०७९/८० मा संचालन गर्ने कार्यक्रमहरुको बुधबार सार्वजनिकरण गरेका छन् ।कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...

पर्वतको कुश्मामा ३ वटा कार्यालयहरुले आ.व.२०७९/८० मा संचालन गर्ने कार्यक्रमहरुको बुधबार सार्वजनिकरण गरेका छन् ।कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यनयन इकाई बाग्लुङले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि आ-आफ्नो कार्यलयबाट संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेका हुन । कृषि ज्ञान केन्द्र पर्वतमा गण्डकी प्रदेश सरकारबाट आ.व. २०७९/०८० को स्वीकृत वार्षिक बजेट ४ करोड ७५ लाखबाट कृषिका विभिन्न कार्यक्रम संचालन गर्न लागिएको कार्यालय प्रमुख मनिता थापाले जानकारी दिनुभयो । बाझो जग्गामा व्यवसायिक खेती प्रोत्साहन कार्यक्रम, साना व्यवसायिक कृषि फार्म स्थापना तथा विस्तार, साना सिंचाइ कार्यक्रम संचालन, विशेष बाली प्रवर्द्धन सम्बन्धि कार्यक्रम, क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग,आइपिएम कृषक पाठशाला संचालन, बाली विशेष स्थलगत तालिम, उन्नत कृषि प्रविधि प्रदर्सन कार्यक्रम,प्लान्ट क्लिनिक संचालन, बाली बिमाको बिमा शुल्कमा अनुदान लगायतका कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । त्यस्तै व्यवसायिक फलफुल विकास कार्यक्रम, विउविजन आत्मनिर्भर कार्यक्रम, तालिम गोष्ठी र कृषि तथ्यांक सम्बन्धि कार्यक्रम, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम, अति विपन्न गरिब लक्षित कार्यक्रम लगायत यो आर्थिक बर्षमा ३२ वटा कार्यक्रम संचालन गरिने थापाले बताउनुभयो ।कृषि ज्ञान केन्द्र पर्वत,कार्यक्रमको पुर्ण विवरण ।Agriculture पर्वतको कुश्मामा ३ वटा कार्यालयहरुले आ.व.२०७९/८० मा संचालन गर्ने कार्यक्रमहरुको बुधबार सार्वजनिकरण गरेका छन् ।कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यनयन इकाई बाग्लुङले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि आ-आफ्नो कार्यलयबाट संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेका हुन । कृषि ज्ञान केन्द्र पर्वतमा गण्डकी प्रदेश सरकारबाट आ.व. २०७९/०८० को स्वीकृत वार्षिक बजेट ४ करोड ७५ लाखबाट कृषिका विभिन्न कार्यक्रम संचालन गर्न लागिएको कार्यालय प्रमुख मनिता थापाले जानकारी दिनुभयो । बाझो जग्गामा व्यवसायिक खेती प्रोत्साहन कार्यक्रम, साना व्यवसायिक कृषि फार्म स्थापना तथा विस्तार, साना सिंचाइ कार्यक्रम संचालन, विशेष बाली प्रवर्द्धन सम्बन्धि कार्यक्रम, क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग,आइपिएम कृषक पाठशाला संचालन, बाली विशेष स्थलगत तालिम, उन्नत कृषि प्रविधि प्रदर्सन कार्यक्रम,प्लान्ट क्लिनिक संचालन, बाली बिमाको बिमा शुल्कमा अनुदान लगायतका कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । त्यस्तै व्यवसायिक फलफुल विकास कार्यक्रम, विउविजन आत्मनिर्भर कार्यक्रम, तालिम गोष्ठी र कृषि तथ्यांक सम्बन्धि कार्यक्रम, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम, अति विपन्न गरिब लक्षित कार्यक्रम लगायत यो आर्थिक बर्षमा ३२ वटा कार्यक्रम संचालन गरिने थापाले बताउनुभयो ।कृषि ज्ञान केन्द्र पर्वत,कार्यक्रमको पुर्ण विवरण ।Agriculture Knowledge Center, Parbat ppt-सार्बजनिकरण Center, Parbat प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारको नीति बिधिका आधार सुशासन र पारदर्शितामा जोड दिएर कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, पालिकाका कृषि तथा भेटेरीनरी शाखा प्रमुख,कृषक,पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाली संरक्षण अधिकृत आशिष पाण्डेको स्वागत मन्तव्य र कार्यक्रमको संचालन कृषि प्रसार अधिकृत विश्वास काफ्लेले गर्नुभएको थियोे ।

प्रकाशित मिति २०७९ साउन २६ गते बिहिबार १२:२१
प्रतिक्रिया दिनुहोस