बैंकहरुले २ महिना नपुग्दै लिए १६ खर्ब भन्दा बढी तरलता सापटी

बैंकहरुले २ महिना नपुग्दै लिए १६ खर्ब भन्दा बढी तरलता सापटी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ भदौ २७ गते सोमबार ०८:००

बैंकिङ प्रणालीमा तरलता संकुचनको अवस्था आउँदा बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसँगको निर्भरता निरन्तर बढ्दै गएको छ । आर्थिक वर्षको दुई महिना नसकिंदै बैंक तथा वित्तीय संस्थाले १६ अर्ब भन्दा बढी तरलता सुविधा...

बैंकिङ प्रणालीमा तरलता संकुचनको अवस्था आउँदा बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसँगको निर्भरता निरन्तर बढ्दै गएको छ । आर्थिक वर्षको दुई महिना नसकिंदै बैंक तथा वित्तीय संस्थाले १६ अर्ब भन्दा बढी तरलता सुविधा लिइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउनयता २६ भदौ २०७९ सम्म बैंकहरुले कुल १६ खर्ब २४ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको तरलता सुविधा बैंकहरुले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २६ भदौसम्म जसमध्ये १ खर्ब ६७ अर्ब ७८ करोड ७० करोड राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।स्थायी तरलता सुविधा (एसएसएफ), ओभरनाइट रिपो, आभेरनाइट पर्चेज र रिपो मार्फत १५ खर्ब २३ अर्ब १३ करोड ५० लाख रुपैयाँ बैंकहरुले राष्ट्र बैंकबाट सापटी लिएका छन् । त्यस्तै रिपोमार्फत ५० अर्ब रुपैयाँ, ओभरनाइट पर्चेजमार्फत १५ अर्ब ८५ करोड र ओभरनाइट रिपो मार्फत ३६ अर्ब ९३ करोड १५ लाख रुपैयाँ बैंकहरुले सापटी लिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकहरुले सापटी लिएर बक्यौत रहेकोमा २० अर्ब रुपैयाँ बराबरको रिपो रहेको छ । केन्द्रीय बैंकले २३ भदौमा १४ दिनको लागि रिपो मार्फत २० अर्ब बजारमा पठाएको थियो । उक्त रिपो परिपक्व हुन बाँकी रहेको छ । यसबाहेक ६९ करोडको ओभरनाइट रिपो र १ खर्ब ४७ अर्ब ९ करोड ७० लाख एसएलएफ सुविधाको रकम बैंकहरुसँग बक्यौता रहेको केन्द्रिय बैंकले जनाएको छ गत आर्थिक वर्ष २०७८/७९ मा रिपोमार्फत राष्ट्र बैंकले ४ खर्ब ७६ अर्ब ३९ करोड, सोझै खरिदमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ९१ खर्ब ७० अर्ब ११ करोड गरी कुल ९७ खर्ब २ अर्ब ४१ करोड तरलता प्रवाह गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि नै बैंकहरुसँग लगानीयोग्य स्रोतको अभाव छ ।

बैंकहरुले सरकारले जारी गर्ने विकास ऋणपत्र लगायतका राष्ट्र ऋणमा लगानी गर्न राष्ट्र बैंकसँग सापटी सुविधा लिइरहेका छन् । तर, चालु आर्थिक वर्षको मोद्रिक नीतिर्फात केन्द्रीय बैंकले तरलता सुविधामा समेत थप कडाइ गर्ने बताएपनि त्यसलाई कार्यान्वयनमा भने लगेको छैन ।

चालु मौद्रिक नीतिबाट बैंक दर १.५ प्रतिशत वृद्धि गरी ८९.५ प्रतिशत पुर्‍याएको थियो । एसएलएफ सुविधामा मौद्रिक नीति लगत्तै बैंकदरको ब्याजदर कायम गरेको छ । यस्तै एसएलएफ सुविधाको सीमामै कडाइ गर्ने नीति राष्ट्र बैंकले लिएको थियो । बैंक तथा वित्तीय संस्थालाई अघिल्लो हप्ताको अन्त्यमा कायम रहेको सम्बन्धित संस्थाको स्वदेशी मुद्रामा रहेको कुल निक्षेपको १ प्रतिशतभन्दा बढी बक्यौता नहुने गरी राष्ट्र बैंकले तोकेको ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलब्ध गराउने बताएको थियो । तर, कार्यविधिमा आवश्यक संशोधन हुन बाँकी रहेकोले उक्त व्यवस्था कार्यान्वयनमा नगएको राष्ट्र बैंकका प्रवक्ता समेत रहेको नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।

तर, कतिपय बैंकर भने अहिलेको तरलता समस्या भएको अवस्थामा राष्ट्र बैंकले निक्षेपको एक प्रतिशतमात्रै एसएलएफ सुविधा उपलब्ध गराउँदा समस्या हुने तर्क गर्छन् । पछिल्लो समय दैनिक रुपमा डेढ खर्ब भन्दा माथि दैनिक रुपमा तरलता सुविधा प्रयोग भइरहेको अवस्थमा निक्षेपको १ प्रतिशत मात्रै एसएलएफ सुविधा पाउँदा ५० अर्ब मात्रै तरलता प्रापत हुने र यसले तरलता व्यवस्थापनमा समस्या हुने ती बैंकरको तर्क छ ।

यता राष्ट्र बैंकका अधिकारी भने अन्तिम ऋणदाता सुविधाको रुपमा २ प्रतिशत पेनाल ब्याज सहित तरलता उपलब्ध गराउने वयवस्था रहेको बताउँछन् । तर, उक्त अवस्था आए ब्याजदर थप बड्ने जाने भन्दै बैंकहरु उक्त अवस्था आउन नहुने बताउँछन् ।

प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०८:००
प्रतिक्रिया दिनुहोस