पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित स्विमिङ पुलमा डुबेका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिवार साँझ करिब सवा पाँच बजेको समयमा पोखरा महानगरपालिका–८ आलुमाइला चोकका मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पौडी खेल्ने आलुमाइला चोकमा नै बस्दै आएका १० वर्षीय एनक्स थापा डुबेर घाइते भएका थिए।उनलाई तत्कालै उपचारको लागि दीप अस्पताल पोखरा पठाइएकोमा शनिवार साँझ सात बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
पोखरा महानगरपालिका–८ बगाले टोलमा छतबाट खसेर एक बालिका घाइते भएकी छिन्। आइतबार बिहान करिब ६ बजे भारतको बिहार घर भएकी १५ वर्षीया चाहात शाह घाइते भएकी हुन्। आफैले अध्ययन गर्दै आइरहेको नीलगिरी बोर्डिङ स्कुलको छतबाट खसेकी उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको छ।
प्रकाशित मिति २०८० जेठ २८ गते आईतबार ०३:३७