कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।
नेपाल क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले करिब १८ वर्ष लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गरे ।
नोभेम्बर २०१९ देखि डिसेम्बर २०२१ सम्म कप्तान रहेका मल्ल पछिल्लो समय राष्ट्रिय टिममा परे पनि धेरै समय बेञ्चमै रहे । विश्वकप छनोटमा प्ले अफमा मात्र अवसर पाएका उनी एसिया इमर्जिङ कप खेल्ने टोलीमा अटाएनन् । लगत्तै हाई पर्फर्मेन्स ट्रेनिङका लागि नाम सिफारिस हुँदा पनि श्रीलंका नगएका उनले एसिया कपको पूर्वसन्ध्यामा सन्यास घोषणा गरेका हुन् ।
प्रकाशित मिति २०८० साउन १९ गते शुक्रबार १०:१५