अपडेट : तमादीखोला बाढिमा वेपत्ता २ यात्रुको पहिचान खुल्यो

अपडेट : तमादीखोला बाढिमा वेपत्ता २ यात्रुको पहिचान खुल्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० असोज १३ गते शनिवार ०३:४७

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये २ जनाको पहिचान खुलेको छ । भिषण बर्षात संगै खोलामा...

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये २ जनाको पहिचान खुलेको छ ।

भिषण बर्षात संगै खोलामा आएको बाढिले ग १ ज ६३१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ जना यात्रु वेपत्ता भएका थिए । बर्षातको कारण आएको बाढिले बगाउँदा वेपत्ता भएको जीप भने सोहि खोलाको झण्डै ७ मिटर तल फेला परेको छ ।

जीपका पाट्सहरु छरिरहेको रहेको र जीपको मुख्य भाग बाढिले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जीपमा सवार भनिएका ३ जना मध्ये २ जनाको भने पहिचान भएको र थप पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जीपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल वस्नेत र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ । उनीहरुको पारिवारिक श्रोतसंग सम्पर्क गर्ने प्रयास प्रहरीले गरेको छ । थप १ जनाको पहिचान हुन बाँकी रहेको छ ।

प्रकाशित मिति २०८० असोज १३ गते शनिवार ०३:४७
प्रतिक्रिया दिनुहोस